
काठमाडौं: नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २५ पुगेकाे छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो।
असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको बेलामा उनको मृत्यु भएकाे प्रतिष्ठानका सह प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए। ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको बताए।

प्रतिक्रिया दिनुहोस