
काठमाडौँः सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ स्थित अरुण नदीमा पहिरो खसेको छ। पहिरो खस्दा अरुण नदी थुनिएको छ।
आइतबार विहान पहिरोले जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रमुख डिएसपी नवराज मल्लले बताए। उनका अनुसार एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
लगातारको बर्षाले ५ सय मिटरमाथि बाट पहिरो खसेको छ प्रहरीले जनाएको छ।। माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ। पहिरोले जोखिम परेकाकाले स्थानीयलाई सुरक्षीत रहनका लागि गृह मन्त्रालयले समेत आग्रह गरिसकेको छ।
घटना स्थलमा प्रहरी पुगेको भएपनि क्षति विवरण प्राप्त भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस