
खबरज्योति
२३ वैशाख
विदुर गिरी -चौतारा /चौतारा साँगाचोकगढी नगरपालिकका जनप्रतिनिधिहरुले आफुले पाउने सेवा सुबिधा कटौति गरेर नगर बिपद ब्यबस्थापन कोषमा रकम जम्मा गर्ने भएकाछन् । आज ( मंगलबार ) बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले मेयर देखि वडा सदस्य समेतले लिंदै आएको मासिक सुबिधाबाट १५ दिनको रकम बिपद ब्यबस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको मेयर अमानसीं तामाङले खबरज्योति अनलाइनलाइ जानकारी दिए । मेयर देखि सबै सदस्यहरुको १५ दिनको सुबिधा बपतको रकम जम्मा गर्दा ५ लाख ३० हजार हुनआउँछ ।

कार्यपालिकाको गत बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पुर्व तयारीको लागी बिकास बजेटकाट ५० लाख बिपद ब्यबस्थापन कोषमा रकमान्तर गर्ने निर्णय गरेको थियो । कोरोना भाईरसका कारण नगरमा बेरोजगारी बढीरहेको अवस्थामा नगरभित्रका बेरोजगार युवाहरुलाई आफ्नो वडा भित्रको बिकास निर्माण कार्यमा लगाइने निर्णयमा उल्लेख गरिएको छ । साथै गत बर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश भएका बेरोजगार नगरबासीहरुलाई रोजगार दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस