२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

सिन्धुपाल्चोकको ३ स्थानमा कोरोना संकास्पदको नमुना संकलन गरिने

  • २०७७ बैशाख ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेति ८ वैशाख

    विदुर गिरी  चौतारा– सिन्धुपाल्चाेकको तीन स्थानमा कोरोना भाइरस संकास्पद ब्यक्तिको स्वाब (नमुना) संकलन हुने भएको छ ।

    नेपाल इन्जिनियरियर्स यशोसियसन वाग्मती प्रदेश र सिन्धु ईन्जिनियरिङ्ग समाजले जिल्ला विपद ब्यस्थापन समितिलाई स्वाब संकलन बुथ लगाएत आवस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेपछि अब चौतारा, बाह्रबिसे र मेलम्ची तीनै ठाउँमा शुरक्षित रुपमा स्वाब संकलनको लागि सहज भइको छ ।

    उक्त सहयोगी संस्थाले सोमबार १ थान स्वाब कलेक्सन बुथ , ३ थान पिपिइ सेट , १ थान थर्मल गन र २० थान ल्ढछ माक्स लगाएत स्वास्थ्य सामग्री जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई हस्तान्तरण गरेको हो ।

    जिल्ला विपद ब्यवस्थापन समितिले उक्त सामग्री चौतारा अस्पताललाई हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको सामग्रीको मुल्य ९० हजार पर्ने सहयोगी संस्था सिन्धु ईन्जिनियरिङ्ग समाजका अध्यक्ष सञ्जय सापकोटाले बताए । मंगलबार बाह्रबिसे स्वास्थ्य चोकी र मेलम्ची स्वास्थ्य चौकीलाई पनि सोही परिमाणको सामग्री उपलब्ध गराइने अध्यक्ष सोपकोटाले जानकारी लिए ।

    कोरोना भाइरसको संका लागेका ब्यक्तिले अब चौतारा, बह्रबिसे र मेलम्ची मध्ये आफुलाइ पाहेक पर्ने स्थानमा गएर नमुना संकलन गर्न सक्ने छन् । जिल्लाको तीन स्थानबाट संकलन गरिएको नमुनालाइ परिक्षणको लागी टेकु प्रयोगशाला पठाइने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस