२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

सुकुटे महाेत्सवमा डेढ कराेडकाे काराेबार

  • २०७६ फागुन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  •  खबरज्याेति

    फागुन २१ बुधबार

    १० बुदे घाेषणा पत्र जारी गर्दै प्रथम सुकुटे महाेत्सव सकिएकाे छ । महाेत्सवले व्यावसायिक पर्यटन र कृषिको क्षेत्रलाइ बिशेष जाेड दिएकाे छ ।

    फागुन १७ -२० सञ्चालित महाेत्सवमा १३ हजारले अवलाेकन गरेकाे अायाेजक संस्था सिन्धु पर्यटन व्यावसायि संघ सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । ‘हामिले २० हजारले अवलाेकन गर्ने र ५ कराेड काराेबार हुने अनुमान गरेका थियाैं तर पछिल्लाे समय भिडभाड जन्य ठाउँमा नजाँदा उचित हुने संदेश प्रवाह भएकाले साेचे जति लक्ष्ये हाँसिल गर्न सकिएन ‘ अध्यक्ष श्रेष्ठले भने । महाेत्सवले १ कराेड ५० लाखकाे काराेबार गरेकाे र झन्डै ३० लाखकाे हाराहारीमा खर्च भएकाे उनिले बताए ।

    महाेत्सवले सुकुटे क्षेत्रलाई मात्र नभएर सिन्धुपाल्चोकलाइनै पर्यटनको हिसाबले अझ उचाे बनाउन सफल भएकाे महाेत्सव प्रचारप्रसार समितिका संयाेजक राजेन्द्र शर्मा बताउँछन् । महाेत्सवकाे अवसरमा विभिन्न समूहबाट छलफल गरि तयार गरिएकाे घोषणापत्रमा सुकुटे र आसपासका क्षेत्रका कृषिजन्य वस्तु उत्पादनका लागि स्थानीय तहको अगुवाईमा कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, होटल तथा रिर्सोट आसपासका क्षेत्रमा होमस्टे, फार्मस्टे, अर्गानिक भिलेजको अवधारणालाई प्रोत्साहन गरिने, नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सञ्चालन गर्ने विषयलाई समेटिएको छ ।

    त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गरिने, व्यवसायीको लगानी सुरक्षित गर्न लगानीमैत्री वातारण सिर्जना गर्ने, सिन्धुका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्याकेज तयार पारी प्रचार प्रसार गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

    पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, सुकुटेलाई पर्यटकीय हव निर्माण गर्ने, स्थानीय परिकारको प्रवद्र्धन गर्ने, सांस्कृतिक क्यालेण्डर निर्माण गर्ने, पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको छ । महाेत्सव पुर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका थिए भने सभामुख अग्निप्रसाद सापकाेटाले समापन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस