२०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

बस दुर्घटनामा चालक सहित ११ काे मृत्यु

Thumbnail
  • २०७६ आश्विन २४, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • खबरज्याेती

    २४ असोज २०७६ सिन्धुपाल्चाेक

    सिन्धुुुुुुुुुुुुुपाल्चाेककाे  इन्द्रावती गाउँँपालिकामा भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको हेलिकोप्टरमार्फत् उद्दार भइरहेको छ।

    घाइतेको उद्दारका लागि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकोप्टरसहित घटनास्थलमा पुगेका छन्। उद्दारका लागि मन्त्री दुलालले आफ्नो प्रत्यक्ष पहलमा अन्य दुईवटा हेलिकोप्टर पनि पठाएका हुन्।

    सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको भएको हो। दुर्घटनामा ज्यान गएकाहरुको सनाखत हुन सकेको छैन।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस