२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

‘ए सरकार २’ लिएर आए अधिकारी

  • २०७६ अषाढ १, आईतबार मा प्रकाशित ४ साल अघि
  • खबरज्योति २०७६ असार १ आइतबार
    सिन्धुपाल्चोकः गीतकार, पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीे ‘ए सरकार २’ को गित बजारमा आएको छ । बिहीबारबाट उनको गित बजा।मा सार्वजनिक भएको हो । ‘ए सरकार’ गीत चर्चित भएपछि अधिकारीले दोस्रो भाग पनि लिएर आएका हुन् ।
    गिरिजा अधिकारीकै शब्दमा रहेको गीत चर्चित गायक देवेन्द्र कार्कीले स्वर दिएका छन् । गितमा विकास पाण्डेको संगित छ । रिकेश गुरुङको एरेन्जरमिक्सिङ रहेको गीतको म्युजिक भिडियो निर्मल लामा बिजीको निर्देशन गरेका हुन् । गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ छ ।
    भीमफेदी गाइजैको आधिकारिक यूटुब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । ‘ए सरकार २’मा सरकारमाथि विभिन्न गुनासो र ब्यंग्य कसिएको छ । शैक्षिक बोरेजगारी बढ्दै गएको र जनतामा निरासा थपिएको विषयलाई गीतमा उठान गरिएको छ ।
    जनतालाई हातमुख जोड्न कठिन भएको, युवा बाध्य भएर विदेशिनु परेको, रेमिट्यान्सबाट देश चलाउनु परेको लगायतका विषयलाई गीतले समेटेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस