२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

यू १९ विश्वकप छनोटः नेपालको फराकिलो जित, विश्वकप खेल्ने सम्भावना न्यून

  • २०७६ बैशाख ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ बैशाख ३ मंगलबार
    काठमाडौंः आइसिसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले जित निकालेको छ । मलेसियाको सिंलगार टर्फ क्लबमा भएको खेलमा नेपालले ओमानलाई नेपालले १ सय ५० रनको फराकिलो अन्तरले जित निकालेको हो ।
    नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ७९ रनमा अलआउट भएपछि नेपालले जित निकाल्यो । ओमान ४४.१ ओभरमा ७९ रन बनाएर अलआउट भएको हो । नेपालका लागि पवन सर्राफले ३, प्रतिस जिशी र सूर्य तामाङले समान २।२, कुशल मल्ल, भीम शार्की र कमलसिंह ऐरीले समान १।१ विकेट लिए ।
    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर एक बलमा २ सय २९ रन बनाएको थियो । ओमानका लागि जिल तन्ना, आजम अलि, सन्जय रवीन्द्र र मुजाहिर राजाले समान २।२ विकेट लिएका थिए भने यश मेहता र प्रथमेश कुम्लेको नाममा समान १।१ विकेट लिए ।
    नेपालले प्रतियोगितामा चार देशविरुद्ध खेलेर तीनमा जित हासिल गरेको छ भने एक खेल हारेको छ । उक्त पराजयसँगै नेपालको विश्वकप खेल्ने सम्भावना न्यून छ । नेपालले विश्वकप खेल्नका लागि युएईले एक खेलमा पराजित हुनुपर्ने छ तर उसले खेल्ने देशहरू कमजोर भएकाले सम्भावना कम छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस