२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

आरसिटीले जित्यो मेयर कपको उपाधि

  • २०७५ चैत्र २८, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २८ चैत्र २०७५
    सिन्धुपाल्चोक: सिन्धुपाल्चोक चौतारामा भएको चौतारा साँगाचोकगढी नगरपालिकामा भएका दोस्रो मेयर कपको उपाधि रानिपोखरी कर्नर टिम (आरसिटी)ले जितेको छ । बिहिबार भएको फाइनल खेलमा विभागिय टोलि नेपाल आर्मीलाई १–० को गोल अन्तरले आरसिटी विजयी भएको हो ।
    निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हापको ३३ औँ मिटनेटमा आरसिटीको अजित गुरुङले गोल गरे । पहिलो हाफमा गरेको गोल नै आरसिटीको जितको लागि निर्णयक बन्यो । गोलसँगै आरसिटिले ५ लाख ५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने आर्मीले २ लाख ५ हजारम नगद, मेडल र प्रमाणपत्रमै चित्त बुझायो ।
    प्रतियोगितको उत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडि आरसिटी क्लवका अजित गुरुङ घोषित भए । उनले प्रतियोगिता भर २ गोल गरेका थिए । उनले २० हजार नगदको साथमा टफि प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट खेलाडितर्फबाट पनि २० हजार नगदको साथमा टफि प्रमाणपत्र प्राप्त गरे । खेलको युवा उत्कृष्ट खेलाडि सिन्धुपाल्चोक युथ क्लब सञ्जय विष्ट घोषित भए । उनले १० हजार नगदको साथमा टफि प्रमाणपत्र प्राप्त गरे ।
    खेलको समापन पुर्व मन्त्री तथा प्रतिनिधिसभा १ का सांसद अग्नीप्रसाद सापकोटाले गरे । उनले सिन्धुपाल्चोकमा पछिल्लो समयमा खेल क्षेत्रको विकास हुदै गएको जनाए । यस्ता प्रतियोगिताले सिन्धुपाल्चोकबाट क्षमतावान् खेलाडि उत्पादन हुने विश्वास लिएको समेत बताए ।
    चौतारा आफैमा आत्मनिर्भर बन्ने दरिलो आधार केहि नभएकाले खेलकुद, पर्यटन र विश्वविद्यालय निर्माण गरेर नै अगाडि बढाउँनुपर्ने भनाई राखे । प्रदेश ३ बाट चौताराको टुडिखेलमा निर्माण हुन लागेका मिनिरङ्गशाला निर्माणमा समेत आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
    यस्तै, फरक प्रसङ्गमा बोल्दै सापकोटाले अब छिट्टै पार्टी एकताको बिषय पनि टुङ्गो लाग्ने जनाए । खेलको उद्घाटन प्रदेश ३ को सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस