२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेयर कपको उपाधिको लागि आर्मी र आरसिटि भिड्ने

  • २०७५ चैत्र २६, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २६ चैत्र २०७५
    सिन्धुपाल्चोक: चौतारा जारी चौतारा साँगाचोकगढी चौतारा साँगाचोकगढी दोस्रो मेयर कपको उपाधिको लागि विभागिय टोली त्रिभुवन आर्मी र रानीपोखरी कर्नर टिम (आरसिटी) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
    मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले शसस्त्र प्रहरी बल (एपिएफ)लाई हराएर फाइइनलको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट गरिएको हो । लगातारको तीन पेनाल्टी शसस्त्र प्रहरीले गोल गर्न असफल भएपछि आर्मीले फाइनलको यात्रा पक्का गरेको हो । आर्मीले लगातार तीन पेनाल्टी गोल गरेको हो ।
    यस्तै सोमबार भएको क्वाटर फाइनल खेलमा यस वर्षको बी डिभिजन लिग विजेता रानीपोखरी कर्नर टिम (आरसिटी) मेयर कपको फाइनलमा पुगिसकेको छ । बी डिभिजनकै उपविजेता भगवती क्लब टोखालाई सोमबार ३–१ को गोलअन्तरले पछि पार्दै आरसिटीले फाइलन यात्रा पक्का गरेको हो ।
    खेलको २० औँ मिनेटमा विदेशी खेलाडि जेडी आत्मधाती गोलबाट खेलमा आरसिटीले अग्रता लिएको लियो । दोस्रो हाफको सुरुवाती चरणमै ६१ औँ मिनेटमा अग्रता दोब्बर बनाएर आफ्नो जितको जजिक पुगेको थियो । दोस्रो गोल गरेको केहि मिनेटमै अर्को गोल गरेर नवराज गुरुङले जित सुनिश्चीत गरे ।
    खेलको उपाधिको लागि बुधबार दिउसो आर्मी र आरसिटीबित प्रतिस्पर्धा हुनेछ । तोप २१ को आयोजनामा भएको सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशिको खेलमा विजेताले पाँच लाख पाँँच हजार नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । भने उपबिजेताले २ लाख पाँच हजार मेडल र प्रमाणपत्र प्रदानमै चित्त बुझाउँनेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार उपलब्ध गराइनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस