२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

‘भर्जिन’ जुगल हिमालको सफल आरोहण

  • २०७५ चैत्र २६, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २६ चैत्र २०७५

    सिन्धुपाल्चोक:जुगल गाउँपालिका ३ मा रहेको जुगल हिमालमा मंगलबार सफल आरोहण भएको छ । अहिलेसम्म मानव पाइला नपुगेको भर्जिन जुगल हिमालमा मंगलबार साझ करिब ५ः२० मा मानव पाइला पुगेको हो ।
    हिमशृंखलामध्येको सबैभन्दा अग्लो चुचुरो भर्जिन ग्याल्जेन पिकमा मानवपाइला पुगेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जनाए ।
    ६ हजार १ सय ५१ मिटरको उचाईमा रहेको चुचुरोमा मंगलबार आरोहि टोली पुगेका हुन् । आरोहि टोलि ४ हजार ७ सय २४ मिटरको उचाईबाट सोमबार साँझ चुचुरोतर्फ लागेका थिए । लगातारको वर्षाले भारी हिमपात भएपछि खराब मौसमका कारण आरोहण टोली बीचमै अलपत्र परेको थियो । अहिले मौसम सफा रहेकाले खाद्यान्न सकिएको र आरोहण टोली समस्यामा परेको जानकारी पाएपछि सोमबार सिम्रिक एअरको हेलिकोप्टरले खाद्यान्न पु¥याएको थियो ।
    हिमाल आरोहणमा हिँडेका सगरमाथा आरोही माया गुरुङ, मिलन तामाङ, प्रेम गुरुङ र शर्मिला थापा चुचुरो पुगेका हुन् । २८ डिग्री ११ मिनेट अक्षांश र ८५ डिग्री १७ सेकेण्ड देशान्तरमा रहेको जुगल हिमाल जुगल गाउँपालिका ३ गुम्बामा रहेको छ ।
    बेसक्याम्पमा पुगेपछि स्वास्थ्यमा खराबी आएपछि आरोहण टोलीका सदस्य एवं नेकपाका युवा नेता एवं केन्द्रीय सदस्य माधव सापकोटा र नेकपाका प्रदेश सदस्य सुभाष कर्माचार्य फर्केका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस