२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेयर कपः क्वाटर फाइनलको समिकरण पुरा

  • २०७५ चैत्र २४, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २४ चैत्र २०७५
    सिन्धुपाल्चोकः तोप २१ को आयोजनामा दोस्रो चौतारा साँगाचोकगढी मेयर कपमा क्वाटर फाइनलको खेल पुरा भएको छ । सेमिफाइनल खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) सँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यस्तै, शसस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभूवन आर्मीसँग सामना गर्ने भएको छ ।
    आइतबार भएको प्रतियोगितामा शसस्त्र प्रहरी बलले प्लानिङ बोइजललाई १–० गोल अन्तरले पराजित गर्यो । निकै प्रतिस्पर्धात्म खेलमा शसस्त्र प्रहरी बललाई जिताउँन महेश लामाले पहिलो हाफमा गोल गरे । उनले गरेको गोलनै शसस्त्र प्रहरीलाई सेमिफाइनलको यात्रा तय गर्न निर्णयक बन्यो । खेलको उत्कृष्ट खेलाडि शसस्त्र प्रहरीका गोलरक्षक रोशन रसाइली घोषित भए ।
    शनिबार भएको खेलमा त्रिभूवन आर्मीले सामाजिक विकास क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आफ्नो सेमिफाइनलेको यात्रा पक्का गरेको हो । भने रानीपोखरी कर्नर टिमले मध्यपुर युथ एसोसियसनलाई पराजित गर्दै आफ्नो सेमिफाइनलको यात्रा तयार गरेको हो । आरसिटीका लागि विदेशी खेलाडी साहिदजी एनोफोर्सले एक मात्र निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेलको ६३ औँ मिनेटमा साहिदजीले उत्कृष्ट हेडिङ गोल गर्दै आरसिटीलाई सेमिफाइनल पु¥याए ।


    शनिबार बेलुका नै भएको अर्को खेलमा बी डिभिजनकै सामाजिक युवा क्लव कोटेश्वरलाई २–० ले हराउँदै विभागीय टोली त्रिभुवन आर्मीले आफ्नो सेमिफाइनलको यात्रा पक्का गर्यो । खेलको १० औँ मिनेटमा गोल गर्दै अमृत बस्नेतले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए । सामाजिक युथका गोलरक्षक अशोक तामाङ खेलको उत्कृष्ट खेलाडि घोषित भए ।
    शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा सिन्धुपाल्चोक युथ क्लवलाई पेनाल्टी सुट आउटमा पराजित ३–५ गोलले पराजित गर्दै भगवती सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल टुङ्गिएपछि सिधै पेनाल्टी सुट आउनमा घरेली टोलि बाहिरीएको हो । सोमबार भगवती युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटबिच सेमिफाइनलको पहिलो खेले हुनेछ । भने मंगलबार विभागिय टोली आर्मी र शसस्त्र प्रहरीबिच प्रतिस्पर्धा हुनेछ । तोप २१ को आयोजनामा जारी दोस्रो मेयर कप सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशिको भएको जनाएको छ । प्रतियोगितामा विजेताले पाँच लाख पाँँच हजार नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा दोस्रो हुने टीमले नगद २ लाख पाँच हजार पाउनेछन् । नगदसँगै मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।


    प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार र हरेक खेलमा प्रदान गरिने म्यान अफ दि म्याचलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै लागि ५ लाख लागतमा चौतारा टुडिखेलमा २ हजार जना अट्ने अस्थाई प्याराफिटको समेत व्यवस्था गरीएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस