२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेयर कपः उद्घाटन खेलमा सिन्धुपाल्चोक युथ विजयी

  • २०७५ चैत्र २०, बुधबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २० चैत्र २०७५
    सिन्धुपाल्चोक: चौतारा साँगाचोकगढी नगरपालिकामा सुरु भएको दोस्रो मेयर कपको उद्घाटन खेलमा सिन्धुपाल्चोक युथ क्लब विजयी भएको छ ।
    सिन्धुपाल्चोक युथ क्लबले झम्सीखेल युथ क्लब काठमाडौँलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिन्धुपाल्चोक युथ क्लबलाई विजयी गराउँन खेलको ३५ औँ मिनेटमा सन्देश गुरुङ र दोस्रो हाफको ८२ औँ मिनेटमा पेमानोर्वु लामाको गोलले सिन्धुपाल्चोक युथ क्लबको जित सुनिश्चित गरे ।
    कार्यक्रमको उद्घाट प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दु्लाल शरदले गरेका हुन् । उनले सिन्धुपाल्चोकको खेलकुद क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    सिन्धुपाल्चोकमा उपयुक्त खेलमैदान नभएकाले खेलकुदका कार्यक्रम गर्न समस्या गरेका बताउँदै यहि बर्षमा टुडिखेलमा मिनि रङ्गशाला निर्माणको कामको सुरुवात गर्ने जनाए । मिनि रङ्गशाला निर्माणको लागि डिपिआर निर्माण अन्तिम चरणका पुगेको छ । केहि दिनमानै त्यसलाई पुर्णता दिएर रङ्गशाला निर्माणको ठेक्का आह्वान गर्नेछौँ उनले भने ।
    सिन्धुपाल्चोक जिल्लाको खेदकुृद क्षेत्रको विकास गर्नको लागि प्रदेश सरकार र आफु सदैव प्रतिबद्ध भएको जनाए । सिन्धुपाल्चोक जिल्लालाई खेलकुद र खेलाडि उत्पादनको उर्वर भूमिको रुपमा विकास गर्ने उद्घोष गरे ।
    एन्फाका उपाध्यक्ष बच्चु खड्काले सिन्धुपाल्चोकको खेल क्षेत्रलाई अगाडि बढाउँन विद्यालय स्तरीय खेलकुदको विकास गर्ने बताए । उनले फुटबल खेलाडिहरुको लागि चौताराको टुडिखेलमा कृतिम दुवोको व्यवस्था गर्न पहल गर्ने जनाए ।
    प्रतियोगितामा प्रथम हुनेले प्रथम ५ लाख ५ हजार ट्रफि मेडल र प्रमाणपत्र र दोस्रो २ लाख ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिकाको उत्कृष्ट खेलाडि, सर्वोकृष्ट गोलकर्ता २० हजार ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी उत्कृष्ट युवा खेलाडी १० हजार र प्रत्येकका खेलको उत्कृष्ठ खेलाडीलाई ३ हजार नगद प्राप्त गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस