२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेयर कप: ए डिभिजनका ४ क्लब सिधै क्वाटर फाइनलमा

  • २०७५ चैत्र १८, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति १८ चैत्र २०७५
    चौताराः सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा हुन लागेको दोस्रो मेयरकपमा १२ टिमले सहभागिता जनाउँने भएका छन् । ए डिभिजनका चार सहित १२ वटा टिम सहभागिता जनाउँने भएका हुन् ।
    प्रतियोगितामा काठमाडौबाट ८, सिन्धुपाल्चोकको २, काभ्रे र दोलखाबाट १।१ टिमले सहभागीता जनाउने भएको छन् । चौतारा साँगचोकगढी नगरपालिकाको सहयोगमा तोप २१ ले मेयर कपको आयोजना गरेको हो ।
    प्रतियोगितमा सहभागिता जनाउँने ए डिभिजनका क्लब त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, श्री भगवती युवा क्लव र रानीपोखरी कर्नर टिम (आर.सी.टी) रहेका छन् । यसैगरी मध्यपुर युथ ठिमि, सामाजिक विकास क्लव कोटेश्वर, झम्सीखेल युथ क्लब, प्लानिङ बोइज, काभ्रे फुटबल क्लव, दोलखा फुटबल क्लब, सिन्धुपाल्चोक फुटबल संघ र सिन्धुपाल्चोक युथ टिमले प्रतियोगिमा प्रतिस्पर्धा गर्ने मेयर कपका आयोजक तोप २१ का अध्यक्ष असोक कार्कीले जनाए ।
    तोप २१ दोसे चौतारा साँगाचोकगढी मेयर कप चैत २० बाट सुरू हुने भएको छ । सो प्रतियोगितामा २८ गते सम्म चल्ने तोप २१ का अध्यक्ष कार्कीले बताए ।
    अहिले हुना लागको प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाकै ठुलो पुरस्कर राशिको भएको जिल्ला फुटबल संघका उपाध्यक्ष अमृतमान श्रेष्ठले जनाए । सिन्धुपाल्चोकमा मात्रै नभएर आसपासका जिल्लाको समेत यस प्रतियोगिताले तरङ्ग पैदा गरेकोृ उनले जनाए । यस्ता खालका प्रतियोगिताले सिन्धुपाल्चोकको खेल क्षेत्रमा टेवा पुगेको उनको भनाई छ ।
    प्रतियोगितामा प्रथम हुनेले प्रथम ५ लाख ५ हजार ट्रफि मेडल र प्रमाणपत्र र दोस्रो २ लाख ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिकाको उत्कृष्ट खेलाडि, सर्वोकृष्ट गोलकर्ता २० हजार ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी उत्कृष्ट युवा खेलाडी १० हजार र प्रत्येकका खेलको उत्कृष्ठ खेलाडीलाई ३ हजार नगद प्राप्त गर्नेछ ।
    प्रतियोगितमा सहभागिता जनाउँने टिमले ३ जना मात्र विदेशी खेलाडि राख्न पाउने नियम समेत बनाएको छ । प्रतियोगिताको अनुमानि बजेट १२ लाख ५३ हजार ९ सय रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्धाटन खेल सिन्धुपाल्चोक युथ टिम र झम्सीखेल युथ क्लबबिच हुने आयोजकले जनाएको छ । फाइनल खेल २८ गते हुनेछ ।
    यसरी हुनेछ प्रतियोगिता
    आयोजकले प्रतियोगितालाई थप आकर्षक बनाउँनको लागि ए डिभिजका ४ टिमलाई सिधै बाईपास गरेको छ । चार टिम सिधै क्वाटर फाइनलमा पुग्नेछन् । अन्य आठ टिमले प्रतिस्पर्धा गरेपछि जितेका ४ टिमसँग ए डिभिजका क्लबले खेल्नेछन् । पहिलो चरणमा हारेका चार टिम सोझो सेटमै बाहिरीने छन् ।
    सिन्धुपाल्चोक युथ टिम र झम्सीखेल युथ क्लबबिच प्रतिस्पर्धा भएर जितको टिमले श्री भगवती युवा क्लवसँग प्रतिस्पर्धा गर्नेछ । मध्यपुर युथ ठिमि र काभ्रे फुटबल संघको विजयी हुने टिमले रानीपोखरी कनर््र टिम (आर.सी.टी)सँग क्वाटर फाइनलमा खेल्नेछ ।
    यसैगरी त्रिभुवन आर्मीसँग क्वाटरफाइनलमा खेल्नको लागि सिन्धुपाल्चोक फुटबल संघ र सामाजिक विकास क्लव कोटेश्वरबिच प्रतिस्पर्धा हुनेछ । सशस्त्र प्रहरी बलसँग खेल्नको लागि प्लानिङ बोइज र दोलखा फुटबल क्लब बिच प्रतिस्पार्धा हुने भएको छ ।
    अस्थायी प्याराफिटको व्यवस्था


    फुटबल प्रतियोगितामा हेर्नको लागि आयोजकले चौताराको टुडिखेलमा अस्थायी प्याराफिटको समेत व्यवस्था गरेको छ । २ हजार दर्शक अटाउँने प्याराफिट व्यवस्था गरेका अध्यक्ष काकीले जनाए । सिन्धुपाल्चोक जिल्लामा फुटबलको मात्रै नभएर सिंगो खेल क्षेत्रको मोह बढाउँनको लागि प्याराफिटको व्यवस्था गरेको जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस