२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

‘भर्जिन’ जुगल हिमाल आरोहण सुरु

  • २०७५ चैत्र १५, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति १५ चैत्र २०७५ सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ मा रहेका भर्जिन जुगल हिमालको आरोहण सुरु भएको छ । शुक्रबारबाट जुगल हिमाल आरोहण सुरु भएको हो ।


    अहिलेसम्म मानव पाइला नपुगेको जुगल हिमालको आरोहणका लागि शुक्रबार आरोहि टोली हिमाल प्रस्थान गरेको प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले जनाए ।
    विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथासहित अन्य सात हिमालको सफल आरोहण गरेकी सिन्धुचेली माया गुरुङको नेतृत्वले जुगल हिमाल आरोहण गर्नेछ । शुक्रबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आरोही टोलीलाई विदाई गरेका छन् ।
    शुक्रबार जुगल हिमाल आरोहण गर्ने टोली जुगल गाउँपालिका आइपुग्ने जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जनाए । हिमाल आरोहण गर्न करिब २०÷३० दिनसम्म लाग्नसक्ने अनुमान गरिएको छ ।
    दोस्रो दिन ढाँडे बजारमा आरोहण टोलीलाई स्थानीय, जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री, राजनीतिक दल र सरकारी निकायले स्वागत गर्ने छन् । सोहि दिन ढाँडे बजारबाट गाडी चढेर आरोहण गर्ने टोली गुम्बाथाङ पुग्नेछ । गुम्बाथाङ, क्याङ्सिङ हुँदै सोही दिन तेम्बाथाङ पुग्ने कार्यक्रम रहेको छ ।
    तेस्रो दिन तेम्बाथाङबाट छेन्दाङ, चौथो दिन नेपेमासाल पुग्नेछ । पाँचौं दिनमा टोली बुम्बासेर्पु हुँदै ४५ सय मिटरमा रहेको बेसक्याम्प पुग्नेछ । छैठौं दिनमा आरोही गुरुङ र तीनजना गाइडको टोली दुई घण्टा हिँडेर पाँच हजार उचाइमा तय गरिएको हाइ बेसक्याम्प पुग्नेछन् । सातौं दिनदेखि हिमाल आरोहण सुरु गरिने भएको छ ।
    हाइ बेसक्याम्पबाट ग्याल्जेन पीक पुग्ने विभिन्न रुटको खोजी गर्ने टोलीकी नेतृत्व गुरुङले गर्ने भएकी छिन् । जुगल हिमालको ६ हजार ५ सय ३५ मिटर रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस