२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

चौथो सिन्धुपाल्चोक तेक्वान्दो प्रतियोगिता सम्पन्न

  • २०७५ आश्विन २७, शनिबार मा प्रकाशित ५ साल अघि
  • सुन्दर शिरीष,
    २७ असोज २०७५, सिन्धुपाल्चोक ।

    चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ ।

    प्रतियोगितामा आयोजक पीपलडाँडा तेक्वान्दो डोजाङ ६ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरी टिम प्रथम बन्न सफल भएको छ । त्यसैगरी हिराहरी तेक्वान्दो डोजाङ ३ स्वर्ण, ३ रजत र ४ कास्य प्राप्त गरी टिम द्वितीय र यमुनाडाँडा तेक्वान्दो डोजाङ ३ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरी टिम तृतीय भएका छन् । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुली र पीपलडाँडा तेक्वान्दो डोजाङका अध्यक्ष सोम सापकोटाले सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    पीपलडाँडा तेक्वान्दो डोजाङको आयोजनामा भएको सो प्रतियोगितामा जिल्लाका विभिन्न १३ डोजाङले सहभागिता जनाएका थिए । प्रतियोगितामा समापन समारोहमा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले खेलले मानिसको स्वास्थ्य तन्दरुस्त बनाउन सहयोग पुर्याउनुको साथै अनुसासन पनि सिकाउने भएकोले यसको विकासमा लाग्नुपर्ने बताईन् । ‘खेल क्षेत्रको विकासमा हामी सबै जुट्नु जरुरी छ’ उनले भनिन्– ‘त्यसो हुँदा मात्र यो क्षेत्रको विकास हुन सक्छ ।’

    पीपलडाँडा तेक्वान्दो डोजाङका अध्यक्ष सोम सापकोटाले समापन कार्यक्रममा बोल्दै सिद्धिकमला माविका सबै छात्राहरुलाई तेक्वान्दो खेलमा जोड्ने बताए । ‘म विद्यालयको अध्यक्षको हैसियतले हाम्रा विद्यालयमा पढ्ने सबै छात्राहरुलाई विद्यालयले तेक्वान्दो खेलको प्रशिक्षण दिने घोषणा गर्दछु’, उनले भने– ‘आफ्नो सुरक्षा आफैंले गर्नको लागि यो खेल सिक्नु जरुरी छ ।’ अहिले बढिरहेको बलत्कार, हिंसाजस्ता घटनालाई पनि खेलले न्यूनिकरण गर्न सहयोग पुर्याउने उनको भनाई थियो ।

    कार्यक्रममा जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीले खेल जगतको विकासको लागि स्थानीय सरकार अग्रसर रहनुपर्नेमा जोड दिँदै खेलाडीहरुलाई आत्मवल बढाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट गर्नुपर्ने सहयोग गर्नका लागि अनुरोध गरे । त्यस्तै पीपलडाँडा तेक्वान्दो डोजाङका प्रशिक्षक शुशिल भुजेलले खेलकूदको विकास भएमात्र स्वस्थ र शारीरिक विकास हुने बताउँदै खेलकूदमा शारीरिक, बैद्धिक र आर्थिक तीन वटै क्षेत्रको विकास हुने भएकाले यसलाई सबैले सहयोग गर्न आग्रह गरे ।

    कार्यक्रममा खेल क्षेत्रमा सहयोग पुर्याउने विभिन्न संघ संस्था, खेलाडी, सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका ६ नं. वडाको समन्वयमा दुई दिनसम्म चलेको प्रतियोगिताको उद्घाटन ३ नं. प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस