२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

तेकवान्दो प्रतियागिता हुँदै

  • २०७५ आश्विन १५, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    १५ असोज २०७५, सिन्धुपाल्चोक ।

    पीपलडाँडा तेक्वान्दो डोजाङको आयोजनामा चौंथो जिल्ला स्तरीय तेकवान्दो प्रतियागिता हुने भएको छ ।

    असोज २५ र २६ गते चौतारा साँगाचोकगढी नगरपालिका– ६ स्थित पीपलडाँडामा प्रतियोगिता हुन लागेको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ हुन लागेको हो । प्रतियोगितामा जिल्लाका झण्डै १५ डोजाङका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

    डोजाङका अध्यक्ष सोम सापकोटाका अनुसार तेकवान्दोको विभिन्न १५ विधामा प्रतिष्पर्धा हुनेछ । १५ विधाबा १५ खेलाडीले स्वर्ण, १५ खेलाडीले रजत र ३० खेलाडीले काँस्य पदक जित्नेछन् । सो प्रतियोगिताको अवसरमा डेमोस्ट्रेसनसमेत हुनेछ ।

    आयोजक डोजाङका प्रशिक्षक सुशिल भुजेलकाअनुसार आफ्नो खेल प्रदर्शनी गर्न अन्तराष्ट्रिय डेमोस्टेसन टोली आउँदैछ । स्थानीय खेलाडीहरुलेसमेत डेमोस्ट्रेसनमार्फत आफ्नो खेल प्रतिभा प्रदर्शन गर्नेछन् । विविध साँस्कृतिक कार्यक्रमसमेत राखिएको सो प्रतियोगितामा तेक्वान्दो खेलाडी, खेलप्रेमी, बुद्धिजीवी, नागरिक समाज, अभिभावकलगायत उपस्थिति हुने आयोजक पीपलडाँडा तेक्वान्दो डोजाङले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस