२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

सिएमएले गर्यो बृद्धबृद्धालाई हर्लिक्स वितरण

  • २०७५ भाद्र २५, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २५ भदौ २०७५, सिन्धुपाल्चोक ।

    नेपाल सिएएमए संघ सिन्धुपाल्चोकले बृद्धबृद्धाहरुलाई हर्लिक्स लगायतको खाद्यान्न वितरण गरेको छ ।

    १५औं स्थापना दिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिका– ५ स्थित बृद्धाश्रममा एक कार्यक्रम गर्दै बृद्धबृद्धालाई पौष्टिक खाद्यान्न वितरण गरेको हो । चौताराका बृद्धाश्रम सेवा समितिमा रहेका १० जना बृद्धबृद्धालाई खाद्यान्न प्रदान गरि स्थापना दिवस मनाईएको नेपाल सिएएमए संघ सिन्धुपाल्चोकका सचिव केदारनाथ दुलालले जानकारी दिए ।

    ‘सिएमए संघले उठाएको मागहरु स्वास्थ्य हक अधिकार सुनिस्चित लागि हो’, सचिव दुलाले कार्यक्रममा सम्बोधन गर्दै भने– ‘हामी हाम्रो अधिकारको लागि निरन्तर आवाज उठाईरहन्छौं ।’ सिएमएहरुले एक जुट भई अधिकार प्राप्तीको लडाईमा साथ दिए सफल होईने उनले बताए ।

    बृद्धबृद्धाहरुलाई खाद्यान्न वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ संयोजक शिव पुरी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ सिन्धुपाल्चोकका सचिव केशव नापितलगायत स्वास्थकर्मीहरुको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस