२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

स्वास्थ्य चौकी भवन हस्तान्तरण

  • २०७५ भाद्र २५, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २५ भदौ २०७५, सिन्धुपाल्चोक ।

    हेलम्बु गाउँपालिका– ५ स्थित महांकाल स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा बर्थिङ सेन्टरको शुक्रबार उद्घाटन गरिएको छ ।

    जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको समन्वयमा निर्माण भएको प्रि फेब्रिकेटेड प्रविधिको चार कोठे स्वास्थ्य चौकी भवन र दुई कोठे कर्मचारी आवास गृह हस्तान्तरण गरिएको हो ।
    भवन कुल ७४ लाख ६७ हजार ९ सय ३० रुपैंया लागतमा निर्माण भएको जनाईएको छ ।

    कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाभित्र वार्षिक सरदर चार सय महिलाहरु प्रसुति भएकामा पाँच जना मात्र बर्थिङ सेन्टरमा प्रसूति हुनु दुःखको कुरो भएको बताए । गाउँपालिकाले बर्थिङ सेन्टरमा प्रसुति हुने महिलाहरुका लागि सरकारी प्रोत्साहन भत्तामा थप ३ हजारको व्यवस्था गरेको र निःशुल्क एम्बुलेन्स सेवा पनि रहेकाले बर्थिङ सेन्टरमै प्रसुति गराउन आग्रह गरे । उनले स्वास्थ्य चौकीमा प्रसुति हुन आउने महिलाका लागि छिट्टै निःशुल्क खानेबस्ने व्यवस्था गरिने जानकारी दिए ।

    कार्यक्रममा रेडक्रसका जिल्ला सभापति ताल्चाभँडेलले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, वडा अध्यक्ष हर्कबहादुर तामाङ र स्वास्थ चौकीको जग्गादाता सार्की तामाङलाई रेडक्रसको आजीवन सदस्यता प्रदान गरेका थिए ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले जिल्लाको हेलम्बु गाउंँपालिकामा ४, पाँचपोखरी थाङपाल गाउँपालिकामा ६, इन्द्रावती गाउँपालिकामा १ र मेलम्ची नगरपालिकामा ३ गरि १४ वटा प्रि फेब्रिकेटेड प्रविधिको स्वास्थ्य चौकी निर्माणको काम भैरहेको र पुस मसान्तसम्ममा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिने पनि जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस