२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

महिलाहरुलाई घिऊ र अण्डा

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २१ साउन २०७५, सिन्धुपाल्चोक ।

    जुगल गाउँपालिकाले गर्भवती महिलाहरुका लागि विशेष सायताको घोषणा गरेको छ । एक समारोहकाबीच गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई प्रोत्साहन स्वरुप एक माना घिऊ र एक क्रेट अण्डा दिने घोषणा गरेका हुन् ।

    परीक्षणको सबै चक्र पूरा गर्ने गर्भवती महिलाहरुलाई नगद समेत प्रदान गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सुत्केरी हुन नसकि अकालमा धेरै महिलाहरुले ज्यान गुमाउने गरेकाले त्यस्ता घटनाहरुलाई न्यूनिकरण गर्ने उद्देश्यले गर्भवती लक्षित योजनालाई प्राथकिता दिएको श्रेष्ठले बताए ।

    महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई थप सक्रिय बनाउन र उनीहरुको कामलाई प्रभावकारी बनाउन मासिक पन्द्र सय रुपैयाँ भत्ताको समेत पालिकाले व्यवस्था गर्ने भएको छ । महिलाको क्षेत्रमा बढी संयमित देखिएको उक्त पालिकाले महिला शशक्तिकरणमा जोड दिई महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस