२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

नेपालले जित्यो २ स्वर्ण

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २१ साउन २०७५, काठमाडौं ।

    नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ । स्वर्ण बाहेक नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

    पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई पराजित गरे । ११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन् ।

    महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाउसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए । दुईदिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस