२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

  • २०७५ श्रावण २१, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २१ साउन २०७५, काठमाडौं ।

    चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई २–० गोलले पराजित गरेको हो ।

    सिटीको जितमा सर्जियो अग्युरोले दुवै गोल गरे । उनले खेलको १३ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले ५८ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–० गोलले अघि बढेको थियो। अग्युरोले सिटीका लागि २ सय गोल पूरा गरेका छन् । उनी सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

    सिटीले २०१२ मा पनि शिल्डको उपाधि जितेको थियो । सिटीले त्यतिबेलमा पनि चेल्सीलाई ३–२ गोलले पराजित गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस