२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

पाँचपोखरीमा केबुलकार निर्माण हुने

  • २०७५ श्रावण १७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    १७ साउन २०७५, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरीमा केबुलकार सञ्चालन हुने भएको छ ।

    केबलकार सञ्चालन गर्ने पहिलो प्रयास अन्तर्गत प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ । पाँचपोखरी थाङ्पालधाप गाउँपालिकामा पर्ने भोताङको छिम्ती देउरालीबाट लौरीविनायकसम्म केबुलकार सञ्चालनमा ल्याइने भएको हो ।

    यसको लम्बाइ साढे ६ किमी हुने प्रतिवेदनमा उल्लेख छ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने समेत प्रतिवेदनले जनाएको छ । पाँचपोखरी क्षेत्र समुन्द्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्दछ । केबुलकार निर्माण गर्न दुई अर्ब लगानी लाग्ने अनुमान छ ।

    केबुलकार व्यवस्थापन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष ङिमाछिरिङ तामाङका अनुसार पाँचपोखरी क्षेत्रको पर्यटन व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपेयाँ बजेट छुट्याइएको छ ।

    प्रारम्भिक प्रतिवेदन पछि विभिन्न केबुलकार प्रदायक कम्पनीसँग सम्पर्क गरिएको र विशेष गरी कुमारी बैंकले लगानीको लागि रुची देखाएको गाउँपालिकाका प्राविधिक सहायक कुमार बस्नेतले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस