२०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

जसले पार्टीलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाए

Thumbnail
  • २०७४ मंसिर २६, मंगलबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति
    २६मंसिर २०७४, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ अन्र्तगत प्रदेशसभा २ मा निमा लामाको जीत सँगै लोकतान्त्रिक गठबन्धन ‘क्लिन स्वीप’ हुनबाट जोगिएको छ ।

    दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको सिन्धुपाल्चोकमा चर्चित उम्मेदवारहरुले समेत आधार भएका स्थानबाट पराजय भोग्दा समेत लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका लामाले बाम गठबन्धनको बलियो आधार रहेको क्षेत्रमा विजय प्राप्त गरेका छन् । लामाको जीतले पार्टी र गठबन्धनको साख जोगिएको छ ।

    इतिहासमानै पहिलोपटक नेपाली कांग्रेसको उम्मेदवारले जीतेसँगै सो पार्टीभित्र खुसीयाली छाएको छ । लामालाई बलियो संगठननै नभएको स्थानबाट समेत मत प्राप्त भएको छ ।

    लामा जित्नुको पछाडि कस्को हात कति ?

    निमा लामालाई टिकट दिलाउनको लागि विशेष पहल गर्ने निमा ग्याल्जेन शेर्पा

    उम्मेदवार टिकट वितरणको बेला कांग्रेसको क्षेत्रीय कमिटिले लामाको नाम समानुपातिकको पनि चौथो नम्बरमा सिफारिस गरेको थियो । तर उनलाई सो क्षेत्रका कांग्रेसका पुराना नेता कान्छा लामा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगाएतको साथ थियो । कान्छा लामा र निमा ग्याल्जेन शेर्पाको निरन्तरको प्रयास र साथका कारण अन्त्यमा लामाले प्रत्यक्षको टिकट पाए ।

    सांगठनिक रुपमा कमजोर भईसकेको कांग्रेसलाई जोगाउँदै आएका निमा ग्याल्जेन शेर्पाले त झन उनीलाई हरेक हिसाबले अहोरात्र सहयोग गरे । लामालाई आफुले सक्दो सहयोग गरेको शेर्पा स्वयं स्वीकार्छन् ।

    २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचन र २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा सो क्षेत्रबाट तेस्रो भएको कांग्रेसलाई पहिलो स्थानमा ल्याउन निमा ग्याल्जेनको ठूलो भूमिका देखिन्छ । स्रोतका अनुसार निमा ग्याल्जेनले पहल र सहयोग नगरेको भए निमा लामाले टिकट पाउने अवस्था थिएन ।

    सो क्षेत्रमा जित्नको लागि पनि शेर्पाको सहयोग अपरिहार्य रहेको थियो । त्यसैले शेर्पाकै अनुरोधमा उनले चाहेको व्यक्तिलाई कांग्रेसको केन्द्रीय समिले टिकट दिएको स्रोतको दाबी छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस