२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

‘मेला’ ले गर्यो माझी बस्तीलाई सहयोग

Thumbnail
  • २०७४ कार्तिक ३०, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    ३० कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    कार्तिक २४ गते देखि रिलिज भएको चलचित्र मेलाले नायिका श्वेता खड्काको अगुवाईमा बनिरहेको एकिकृत माझी बस्तीलाई ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

    चलचित्र ‘मेला’ का निर्माता, लेखक तथा सह निर्देशक हरी पन्त नायिका खड्काको कमलादी स्थित राईजिङ्ग मलमा रहेको हिमालयन जाभामा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकमको चेक नायिका तथा फाउण्डेशनकी अध्यक्ष श्वेता खड्कालाई हस्तान्तरण गर्दै निर्माता पन्तले आफ्नो चलचित्रबाट उठेको रकम असहाय माझीहरुको बस्ती निर्माणमा सहयोग गर्न पाउनु गौरवको कुरा भएको बताए ।

    सिन्धुपाल्चोकमा बन्न लागेको एकिकृत माझी बस्ती निर्माण कार्यक्रममा बोल्दै नायिका स्वेता खड्का । फाईल तस्वीर

    चलचित्र मेला पूर्ण ब्यवसायिक तथा मनोरञ्जनात्मक चलचित्र बनेको भएता पनि समाजमा आफ्नो पनि कुनै न कुनै रुपमा सामाजिक दायित्व भएकोले एकिकृत माझी बस्तीको निर्माणमा आफुले सानो सहयोग प्रदान गर्न पाएकोमा खुशी ब्यक्त गर्दै पन्तले आफ्नो सिनेमा हेरेर नेपाली सिनेमाहरुलाई प्रोत्साहन गरिदिन दर्शकहरुलाई अनुरोध गरे ।

    सहयोग रकमको चेक बुझ्दै नायिका खड्काले मेला चलचित्र टोलीलाई धन्यवाद दिदै यो सहयोगले सिन्धुपाल्चोकको माझी बस्ती निर्माणको कार्यमा चलचित्रकर्मीहरुको समेत प्रत्यक्ष सहभागीतालाई दर्शाएको बताइन । ‘बस्ती निर्माणको यो अभियानमा सुरुमा म एक्लै थिए, अहिले बिस्तारै सहयोगी साथीहरु पाउदैछु’ नायिका खड्काले भनिन ।

    अहिलेका युवापुस्ता माझ निक्कै लोकप्रिय नायक शलोन बस्नेत, आशिस्मा नकर्मी , आमेश भण्डारी र निरज श्रेष्ठ अभिनित मेला कार्तिक २४ गते देखी देशभरिका सिनेमाहलहरुमा प्रदर्शन भईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस