२०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

काभ्रेमा दुर्घटना : ७ को मृत्यु

Thumbnail
  • २०७४ आश्विन १०, मंगलबार मा प्रकाशित ९ साल अघि
  • तस्वीर : फाईल फोटो

    खबरज्योति

    १० असोज २०७४, काभ्रे ।

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

    मृतकको सनाखत हुन बाँकी छ । उनका अनुसार गाडीमा १७ जना सवार थिए । “घटनामा ७ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ”, थापाले भने ।

    काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑