२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

महिला र बालबालिकाको लागि सुरक्षित आवास

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति
    ९ असोज २०७४, सिन्धुपाल्चोक ।

    लैङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि निर्माण गरिएको सुरक्षित अस्थायी आवास हस्तान्तरण गरिएको छ ।

    आईतबार निर्माण सम्पन्न गरिएको ६ कोठे भवन महिला तथा बालबालिकाकार्यालयकी प्रमुख सीता अधिकारीलाई हस्तान्तरण गरिएको हो । जिल्ला बालकल्याण समिति सिन्धुपाल्चोकको समन्वयमा साथी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको भवन २९ लाख ७७ हजार लागतमा निर्माण गरिएको जनाईएको छ । भवन जिल्ला बाल कल्याण समितिको स्वामित्वमा रहने गरी साथी संस्थाका परियोजना संयोजक सन्तोष पोखरेलले अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

    भवन हस्तान्तरण कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले भवन लैंङ्गिक हिंसा प्रभावित महिला तथा बालबालिकाको लागि गहना भएको धारणा राखे । उनले यसको संरक्षण र संबद्र्धनमा जुट्न सबै लाग्न जरुरी रहेको बताए । नगरपालिकाले सदैव महिला तथा बालबालिकाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै तामाङले उनीहरुको विकासमा आफु आफ्नोतर्फबाट सक्दो पहल गर्ने समेत बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस