२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

ज्योतीले सुरु गर्यो सेवा

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति

    ९ असोज २०७४, काठमाडौं  ।

    बीमा कम्पनीहरु बीच ज्योती लाइफ ईन्स्योरेन्स कम्पनीले आफनो सेवा शुरु गरेको कछ । जीवन वीमा व्यवसायको दायरा फराकिलो पार्दै नेपालभर सेवा केन्द्र विस्तारलाई प्राथमिकतामा राखी शहरी तथा ग्रामिण क्षेत्रका विशेषगरी विद्यमान कम्पनीहरुले समेट्न नसकेका विभिन्न क्षेत्र, पेशा, व्यवसायमा आवद्ध नेपालीहरुलाइ जीवन वीमाको सचेतना जगाउने कम्पनीको रणनीति भएको जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

    पहुँच विस्तार, साक्षरता वृद्धी गर्ने र जीवन वीमा प्रति आम जनमानसमा सकारात्मकता ल्याइ उच्चस्तरिय तथा प्रविधिमैत्री सेवाको माध्यमबाट हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा खुशिमय बनाउन सहयोग पुर्याउने उद्धेश्यले कम्पनी ऐन २०६३ अन्तर्गत २०७४ बैशाख १४ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भइ बीमा समितिबाट २०७४ आषाढ २० गते इजाजत पत्र प्राप्त गरी २०७४ भदौ १९ गते कारोबार अनुमति प्राप्त गरेको यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विधिवत रुपमा आफ्नो नियमित व्यवसाय  शुभारम्भ गरेको जनाएको छ ।

    कम्पनीको बलियो आधार स्तम्भको रुपमा विभिन्न पेशा, उद्योग, व्यवसाय, वित्तीय क्षेत्रमा लब्धप्रतिष्ठित, उच्च छवी तथा सफल व्यवसायिक पृष्ठभुमी भएका व्यक्ति तथा संस्थाहरु लगायत एनआइशि एसिया बैंक समेत प्रबद्र्धक रहेको यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाण्डौमा रहेको छ ।

    कम्पनीको अध्यक्षमा सफल व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष  पशुपति मुरारका हुन

    चुक्ता पुँजीको हिसाबले हाल नेपालमा संचालित जीवन वीमा कम्पनीहरु मध्ये तेश्रो स्थानमा रहेकोे यस कम्पनीको व्यक्ति तथा संस्था गरी ४२ जना प्रबद्र्धक रहेका छन् । अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी रु. २.२० पुर्याउनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस