२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

सिटीले प्यालेसमाथि गर्यो शानदार जित

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ६ साल अघि
  • एजेन्सी,

    ९ असोज २०७४,

    प्रिमियर लिगमा म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसमाथि ५–० को शानदार जित हात पारेको छ ।

    तर, प्यालेसले भने नचाहेको रेकर्ड बनाएको छ । प्यालेस इंग्लिस फुटबल लिगमा सिजनको सुरुवाति ६ खेल हार्ने र एक गोल पनि गर्न नसक्ने पहिलो टिम बनेको छ ।

    घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४४ औं मिनेटमा सानेको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रहो हाफमा चार गोल थप्यो ।

    ५१ र ५९ औं मिनेटमा राहम स्टलिङले गोल गरे भने ७९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे । खेलको ८९ औं मिनेटमा फेबियन डेल्फले गोल गरेपछि म्यानचेष्टर सिटी ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

    जितसँगै सिटीले ६ खेलबाट १६ अंक जोडेको छ । शनिबार राति नै साउथ ह्याम्पटनमाथि १–० को जित निकालेको म्यानचेष्टर युनाइटेडको पनि समान अंक छ तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस