२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

नयाँ सवारी चालक अनुमतिपत्र वितरण १५ दिनका लागि बन्द

Thumbnail
  • २०७४ आश्विन ८, आईतबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति सम्वाददाता,
    असोज ८ गते, २०७४

    काठमाडौं/ यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भएको कारण देखाउँदै असोज २२ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो ।

    लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको हो । अब २२ गतेपछि विभागले फेरि नयाा लाइसेन्सको वितरण सेवा सुचारु गर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । आजसम्म विभागले सवारीको ट्रायल भने लिइरहेको छ ।

    विभागले यसअघि असोज ३ देखि नै एकान्तकुनाबाहेकका यातायात कार्यालयबाट लाइसेन्सको आवेदन रोकेको थियो । आजबाट एकान्तकुनाबाट पनि रोकिएको छ ।

    विभागले अब सार्वजनिक सवारीको अनुगमनमा आफ्नो ध्यान केन्दि्रत गर्ने बताएको छ । दशैंको अघि सार्वजनिक सवारीमा बढी भाडा लिने प्रवृत्ति ब्याप्त छ ।

    नयाँ लाइसेन्सको वितरण रोकिएपनि रकारी कार्यालय खुल्ने दिनसम्म नवीकरण भने नरोकिने यातायात व्यवस्था विभाग, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस