२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

जागरणले गर्यो निःशुल्क स्वास्थ्य शिविर

Thumbnail
  • २०७४ आश्विन ८, आईतबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति सम्वाददाता,
    असोज ८ गते, २०७४

    सेलाङ/ जुगल गाउँपलिकाको भूकम्प प्रभावितहरुको लागि १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पूर्व सूचना तथा सञ्चार, वन तथा भू–संरक्षण मन्त्री एवम् सांसद् अग्निप्रसाद सापकोटाको विशेष पहलमा सो शिविर सम्पन्न भएको हो ।
    शिविर अल्का अस्पताल ललितपुरको सहयोग र राष्ट्रिय पुर्नर्निमाण प्राधिकरण सिंहदरबारसँगको समन्वयमा जागरण युवा क्लव जुगल गाउँपालिका – १ सेलाङको आयोजनामा भएको हो । शिविरबाट एकै दिनमा २ सय ५१ जनाले सेवा पाएका छन् । ८४ वर्षिय बुद्धिकुमारी थापालाई औषधी हस्तान्तरण गरी सापकोटाले शिविरको उद्घाटन गरेका हुन् । सेवा लिन उपस्थित स्थानीयबीच सापकोटाले पूर्ववत् अवस्थामा गरिएको वाचा पूरा गर्न आपूm सफल भएको टिप्पणी गरे । उनले भने दुर्गम गाउँका स्थानीयलाई सदरमुकाम चौतारा र राजधानीसम्म धाएर उपचार गराउन नपरोस् र आफ्नै गाउँमा सेवा लिन सकुन् भन्ने मूल अभिप्रायका साथ शिविर सञ्चालन गर्न आफूले विगतदेखि नै जोड दिएको बताए ।
    शिविरमा सहयोग पुर्याउने अल्का अस्पताल, राष्ट्रिय पुनर्निमाण प्राधिकरण र जागरण युवा क्लवलाई विषेश धन्यवाद प्रकट गरे । अनेक समस्याहरु समुदायमा छन् भूकम्पपीडीतलाई पुनःस्थापना लगाएत अन्य विषयमा पनि आफ्नो ध्यान केन्द्रित भएको र सदैव आफू जनताकै सेवामा लागिरहने सापकोटाले बताए । साथै उनले स्वास्थ्य लाभको कामना गर्दै विजय दशमी तथा शुभ दीपावलीको शुभकामना ब्यक्त गरे ।
    टोली नेतृत्व गरेका अल्का अस्पतालका भगवान केशीले सहभागिलाई माननीय सांसद अग्निप्रसाद सापकोटाको पहलमा हामीे तपाईहरुकै घरआँगनमा नै सेवा दिन आएका छौँ । उनले भने– ‘शिविरबाट प्रदान गर्नेे स्वास्थ्य लाभ लिन सवैलाई आग्रह गर्दछौँ ।’ कार्यक्रममा आयोजक जागरण युवा क्लवका अध्यक्ष हरेराम नेपालीले शिविर सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरे ।
    स्वास्थ्य परीक्षणको क्रममा हाडजोर्नी तथा नसातर्फ डा. सगुन डङ्गोल, जनरल फिजिसियनतर्फ डा. सुजन पौडेल, र स्त्रीरोग तथा प्रसुती सेवातर्फ डा.अंकिता पौडेल खटिएका थिए । डाक्टरहरुलाई सहयोग गर्नेहरुमा अल्का अस्पतालका अनु बाँनिया, सरु महर्जन, आकृति महर्जन, अस्मिता पौडेल र श्रृजा जोशी रहेका थिए । फर्मेसीमा सुनिल तिमल्सिना र हेल्थ असिस्टेन्ट विपिन पराजुलीले स्वास्थ परीक्षणमा सहभागिहरुलाई निःशुल्क औषधी वितरण गरेका थिए । उक्त टोलीको नेतृत्व भने अल्कका अस्पतालका प्रतिनीधी भगवान के.शीले गरेका थिए ।
    शिविरको ब्यवस्थापकीय जिम्मेवारी सम्हालेका समाजसेवी कमल बस्नेतका अनुसार लक्ष्य भन्दा माथीले स्वस्थ्य लाभ लिएको जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस